एमालेसँग चुनावी तालमेल गर्छौं : कमल थापा

 


‘राजतन्त्र पुर्नस्थापना विदेशीले गर्ने होइन, सेनाले कू गरेर हुँदैन । राजनीतिक दलसँग सहकार्य र समन्वय आवश्यक छ भनेर सम्झाउँदा पनि सुनुवाइ भएन । झन् सम्बन्धको खाडल बढ्दै गयो’


‘राजतन्त्र पुर्नस्थापना विदेशीले गर्ने होइन, सेनाले कू गरेर हुँदैन । जनताको मन जित्नुपर्छ । राजनीतिक दलसँगको सहकार्य र समन्वय आवश्यक छ भनेर सम्झाउँदा पनि सुनुवाइ भएन । झन् सम्बन्धको खाडल बढ्दै गयो,’ उनले भने ।
कास्की — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका छन् । यसका लागि एमालेसँग प्रारम्भिक छलफल भएको पनि उनले बताए ।


जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न शनिबार पोखरा पुगेका थापाले यस्तो बताएका हुन् । ‘अब विस्तृत रुपमै छलफल गरेर अघि बढ्छौं’ उनले भने, ‘आवश्यकता अनुसार अन्य दलसँग पनि सहकार्य हुन्छ ।’ यतिबेला सबै दल आफ्ना कार्यकर्ता आकलन गर्न व्यस्त रहेको भन्दै उनले आफूहरु पनि संगठन विस्तारमै व्यस्त रहेको बताए ।

शक्तिशाली ठूलो पार्टी निर्माणको लागि चुनावी एकता गर्नुपर्ने उनले बताएका थिए । गत फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा राप्रपा नेपाल पुनर्जागृत गर्न सफल भएको भन्दै उनले तुलनात्मक रुपमा अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा देशको विकास गर्ने र राजनीतिको मूलधारमा स्थापित हुने दाबी गरे । यसको लागि केही समय लाग्ने उनको भनाइ थियो । राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, सुशासन र समृद्धिको मुख्य एजेडा लिएर चुनावमा जाने उनले बताए ।

यस्तै छोटो सयममै पार्टीमा सांगठानिक रुपमा उत्साह थपिएको उनको भनाइ थियो । यद्यपि थापाले स्थानीय तहको निर्वाचनमा पार्टीको कुनै महत्वकांक्षा नरहेको पनि बताए । ‘अगामी मंसिरमा हुने निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराउँछौं’ उनले भने, ‘त्यसपछि पार्टीलाई क्रमश: अग्रणी स्थानमा पुर्‍याउँछौं ।’

यस क्रममा नेता थापाले १५ वर्षसम्म राजतन्त्रको एजेण्डा बोकेर हिँड्दा पनि राजसंस्था र निर्मल निवासले सहयोग नगरेको भन्दै उनले धरातलीय अवस्था अनुसार राजतन्त्र पुनःस्थापित नहुने बताए ।




Comments

Popular posts from this blog

उदाहरणीय काम पनि गरेका छन् स्थानीय तहले

Samsung Galaxy S23+ Indian Price and Variants Leaked