कांग्रेस अधिवेशन ७७ वटै जिल्लामा सम्पन्न, तुलनात्मक रुपमा कुन पक्ष बलियो ? (सूचीसहित)

खबरमुकाम । नेपाली कांग्रेसको ७७ वटै जिल्लाmअधिवेशन सम्पन्न भएको छ । आइतबार सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै सबै जिल्लाको अधिवेशन समापन भएको हो ।
विभिन्न आन्तरिक विवादका कारण १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन पछि गरिएको हो । अधिवेशनमा विजयी जिल्ला सभापतिको आधारमा संस्थापन पक्ष बलियो देखिएको छ ।
निर्वाचित भएको सभापतिहरुमध्ये संस्थापन पक्षमा ४२ जना खुलेको बताइएको छ । त्यसैगरी संस्थापनइत्तर पक्ष (शेखर कोइराला पक्ष) मा ३३ जना जिल्ला सभापति खुलेका छन् । २ जना जिल्ला सभापति भने पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्ष खुलेका छन् ।
पार्टीको १३ औं महाधिवेशनमा भन्दा संस्थापन पक्ष अहिले तुलनात्मक रुपमा बलियो देखिएको छ । तत्कालीन समयमा ४२ जिल्ला सभापति नेता रामचन्द्र पौडेलको पक्षमा उभिएका थिए ।
संस्थापन पक्षबाट विजयी भएका जिल्ला सभापतिहरु
पाँचथर– रूपनारायण जवेगुताप्लेजुङ– गजेन्द्रप्रसाद तुम्याहाङओखलढुंगा– तेजेन्द्र खनाललमजुङ– टकराज गुरूङसल्यान– केशवबहादुर विष्टडोल्पा– दीपेन्द्रबहादुर शाहीडडेल्धुरा– भीमबहादुर साउदम्याग्दी– खमबहादुर गर्बुजामुगु–ऐनबहादुर शाहीमनाङ– शंकर गुरूङ देउवाहुम्ला– मोहनविक्रम सिंहबझाङ– खड्क बोहरारामेछाप– पूर्णबहादुर तामाङ (कान्छाराम)जुम्ला– कर्णबहादुर शाहीजाजरकोट– बेदराज सिंहडोटी– नरेन्द्रबहादुर सिंहरूकुम– प्रेमप्रकाश वलीपर्वत– युवराज जोशीइलाम– डम्बरबहादुर खड्कासुर्खेत– खड्ग पोखरेलरूपन्देही– रामकृष्ण खाणकास्की– किशोरदत्त बरालकाभ्रे– तीर्थ लामातनहुँ– जितप्रकाश आलेललितपुर– जितेन्द्रकुमार श्रेष्ठकञ्चनपुर– पदम बोगटीउदयपुर– हिमाल कार्कीभक्तपुर– दुर्लभ थापाबर्दिया– अरूणप्रकाश सिंह राठौरसोलुखुम्बु– नाम्गेल जाङ्बु शेर्पारसुवा– पेम्वाछिरिङ तामाङधनकुटा– दिनेश राईकैलाली– नारायणदत्त भट्टमकवानपुर– बुद्ध लामापर्सा–जनार्दनसिंह क्षेत्रीसर्लाही–सुरेन्द्रप्रसाद सिंहरौतहट– सुनिलकुमार यादवअछाम–पुष्पबहादुर शाहबारा– राजेश राय यादवसिरहा– रामचन्द्र यादवधनुषा– योगेन्द्र पजियारसिन्धुपाल्चोक– जंगबहादुर तामाङ
संस्थापनइत्तर पक्षबाट विजयी भएको जिल्ला सभापतिहरु
तेह्रथुम– अर्जुन तुम्बाहाम्फेखोटाङ– विष्णुकुमार राईरोल्पा– किशोर आचार्यभोजपुर– विनोद वान्तवाप्युठान– विष्णुकुमार गिरीअर्घाखाँची– केशव श्रेष्ठकाठमाडौं– कृष्णसबुज बानियाँबैतडी– चतुरबहादुर चन्ददोलखा– बर्मा लामागोरखा– नन्दप्रसाद न्यौपानेकालिकोट– अम्बबहादुर शाहीसंखुवासभा– दीपक खड्कारूकुमपूर्व– केशरमान रोकामुस्ताङ– रोमीगौचन थकालीबाजुरा– रामसिंह रावलनुवाकोट– रमेश महतनवलपरासी पश्चिम– अर्जुनकुमार पोखरेलपाल्पा– हिमालदत्त श्रेष्ठस्याङ्जा– राजु थापादार्चुला– ललितसिंह बोहरादाङ– शंकरप्रसाद डाँगीदैलेख– मणिराम रेग्मीगुल्मी– खिलध्वज पन्थीधादिङ– रामनाथ अधिकारीसुनसरी– केदार भण्डारीकपिलवस्तु– अब्दुल कलाम खाँचितवन– राजेश्वर खनालमहोत्तरी– नागेश्वर यादवसिन्धुली– उपेन्द्र पोखरेलसप्तरी– रामदेव साहमोरङ– डिगबहादुर लिम्बूबाँके – नारायण गौडेलनवलपुर–महेन्द्रध्वज जिसी
सिटौला पक्षबाट विजयी भएको जिल्ला सभापतिहरु
झापा– देउमान थेबेबागलुङ– जित शेरचन
Comments
Post a Comment