Posts

Showing posts from 2022

भारतबाट बिजुली किन्न नसक्दा उद्योगमा अघोषित लोडसेडिङ

Image
  भारतबाट बुधबार एक घण्टा मात्रै बिजुली आपूर्ति भएकामा आज ३ घण्टा आउने आईईएक्सबाट किनेको बिजुली ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनबाट नेपाल भित्रिएको छ । नेपालले भारतका पावर ट्रेडिङ कम्पनी लिमिटेडसँग २५ वर्षका लागि ३.१५ भारु दीर्घकालीन पीपीए गरेको भए पनि उक्त सम्झौता अहिले कार्यान्वयनमा छैन । ‘हामीले अहिले भारतबाट बिजुली किन्नका लागि एनभीभीएनसँग वार्षिक सम्झौता गरेका छौं । ४.१६ भारुमा १५० मेगावाटसम्म बिजुली किन्ने गरी गरेको सम्झौता २०२२ जुनसम्म कायम रहन्छ,’ उनले भने, ‘२५ वर्षका लागि भएको दीर्घकालीन पीपीए अहिले कार्यान्वयनमा छैन । विकल्प भनेको बिहारबाट ल्याउने हो ।’ काठमाडौँ — भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकतर्फको आपूर्ति कटौती गरेको हो । बुधबार भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा बिहीबार पनि ३ घण्टा मात्रै आपूर्ति हुने प्राधिकरणले जनाएको छ । ...

What is Technology??

  What is technology? ‘Technology’ is one of the keywords of our world, yet it is also one of the most confused. As an analytical category it seems necessary for our understanding of all of humanity’s history, and indeed beyond. We are probably comfortable with asserting that humans have had technologies since the Palaeolithic, and a menagerie of animals, from crows to chimps, have even been identified as tool users. As an actors’ category ‘technology’ is of surprisingly recent vintage, although cognate terms –  techne , arts, and so on – have a much longer history. Yet even for a recent English word ‘technology’ has come to embrace often conflicting meanings. In this essay review I have three aims. First, I will offer a summary of Eric Schatzberg’s important new opus  Technology , which untangles and clarifies the history of ‘technology’ and its cognates as actors’ categories. Second, I will conduct a critical analysis, arguing that Schatzberg, while helpfully ...

एमालेसँग चुनावी तालमेल गर्छौं : कमल थापा

Image
  ‘राजतन्त्र पुर्नस्थापना विदेशीले गर्ने होइन, सेनाले कू गरेर हुँदैन । राजनीतिक दलसँग सहकार्य र समन्वय आवश्यक छ भनेर सम्झाउँदा पनि सुनुवाइ भएन । झन् सम्बन्धको खाडल बढ्दै गयो’ ‘राजतन्त्र पुर्नस्थापना विदेशीले गर्ने होइन, सेनाले कू गरेर हुँदैन । जनताको मन जित्नुपर्छ । राजनीतिक दलसँगको सहकार्य र समन्वय आवश्यक छ भनेर सम्झाउँदा पनि सुनुवाइ भएन । झन् सम्बन्धको खाडल बढ्दै गयो,’ उनले भने । कास्की — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका छन् । यसका लागि एमालेसँग प्रारम्भिक छलफल भएको पनि उनले बताए । जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न शनिबार पोखरा पुगेका थापाले यस्तो बताएका हुन् । ‘अब विस्तृत रुपमै छलफल गरेर अघि बढ्छौं’ उनले भने, ‘आवश्यकता अनुसार अन्य दलसँग पनि सहकार्य हुन्छ ।’ यतिबेला सबै दल आफ्ना कार्यकर्ता आकलन गर्न व्यस्त रहेको भन्दै उनले आफूहरु पनि संगठन विस्तारमै व्यस्त रहेको बताए । शक्तिशाली ठूलो पार्टी निर्माणको लागि चुनावी एकता...

अमेरिकाले युक्रेनलाई थप घातक हतियार सहयोग गर्ने

Image
  ३ चैत, काठमाडौं । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको छ । सैन्य सहायताको निर्णयमा संलग्न स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले दाबी गरेअनुसार स्विचब्लेड-३०० ड्रोन लगायतका घातक हतियार अमेरिकाले युक्रेनलाई सहयोग गर्ने छ । यसले धेरै टाढा रहेका दुश्मनमाथि पनि सटिक प्रहार गर्नसक्ने समाचारमा उल्लेख छ । बुधबार युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए । सम्बोधनपछि अमेरिकी सांसदहरुले उठेर जेलेन्सीप्रति सम्मान व्यक्त गरेका थिए । त्यसलगत्तै अमेरिकाले मिसाइल लगायका सैन्य सहायता युक्रेनलाई उपलब्ध गराउने चर्चा सुरु भएको थियो । जेलेन्सीको सम्बोधनको केही घण्टालगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अतिरिक्ति सैन्य सहयोगमा मन्जुरी दिएका थिए । यसका साथै अमेरिकाको युक्रेनमा सैन्य सहयोगको...

संसारभरि फेरि बढ्न थाल्यो कोरोना, दक्षिण कोरियामा थपिए एकैदिन चार लाख संक्रमित

Image
  कोरोनाभाइरसको संक्रमण फेरि संसारभरि बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना संक्रमण ह्वात्तै बढेको बताएको छ। अघिल्लो साताको तुलनामा गत साता (मार्च ७-१३) मा संसारभर कोरोना संक्रमण ८ प्रतिशतले बढेको छ। यो अवधिमा एक करोड १० लाख नयाँ संक्रमित थपिएको र ४३ हजारले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले जनएको छ। सबैभन्दा बढी संक्रमण चीन र पूर्वी एसियाली मुलुकमा फैलिएको छ। प्रशान्त महासागर क्षेत्रका मुलुकहरूमा संक्रमण दर २५ र मृत्युदर २७ प्रतिशतसम्मले बढेको छ। अफ्रिकामा १२ र युरोपका २ प्रतिशतले संक्रमण बढेको छ। अहिले सबैभन्दा धेरै संक्रमित दक्षिण कोरियामा थपिइरहेका छन्। वर्ल्डोमिटरका अनुसार बिहीबार त्यहाँ चार लाख बढी मानिसमा संक्रमण थपिएको छ भने १६४ जनाले ज्यान गुमाएका छन्। युरोपेली मुलुक जर्मनीमा पनि बिहीबार पौने तीन लाख कोरोना संक्रमित थपिएका छन्। फ्रान्समा दैनिक संक्रमित १ लाख पुग्दा बेलायत, इटाली, नेदरल्यान्ड्समा पनि दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्। चीनमा पनि पछिल्लो समय संक्रमित ह्वात्तै बढेका छन्। शून्य कोभिड नीति लिएको च...

उदाहरणीय काम पनि गरेका छन् स्थानीय तहले

Image
उदाहरणीय काम पनि गरेका छन् स्थानीय तहले खोलो तर्दा नागरिकबाट कर उठाउने मात्र छैनन्, सुशासन कायम गर्दै नागरिकलाई सुलभ सेवा दिइरहेका स्थानीय तह पनि छन् पहिलो कार्यकालको उत्तराद्र्धतिर आइपुग्दासम्म धेरै स्थानीय सरकार आलोचित भएका छन् । नेतृत्वमा रहेका जनप्रतिनिधि भ्रष्टाचारसहितका विभिन्न काण्डमा मुछिएका छन् । तर, केही स्थानीय तहले उत्कृष्ट काम पनि गरेका छन् । केही थिति बसाउन प्रयासरत छन् ।केही स्थानीय तहले शिक्षामा अनुकरणीय काम गरेका छन् भने केहीले पर्यटनमा । सामाजिक सुधार र सुरक्षामा अब्बल साबित भएका तहदेखि कृषिमा कायापलट गर्ने पनि छन् । भौतिक पूर्वाधार र विकास निर्माण, स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनेदेखि प्रविधिको प्रयोग गरेर जनतालाई सुलभ सेवा दिनेसम्मका काममा केही स्थानीय तहहरूले आफुलाई अग्रपंक्तिमा उभ्याएका छन् । २९३ महानगर, उपमहानगर र नगरपालिकामध्ये नगरपालिका संघले छानेका उत्कृष्ट सात  संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ  स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका  सहरी योजना, पूर्वाधार विकास तथा विपत् व्यवस्थापनतर्फ  धादिङको नी...

हरियो रंग मन पराउनेका लागि आईफोन १३ को नयाँ भेरियन्ट सार्वजनिक

Image
  स्मार्टफोनको नयाँ नयाँ फिचर मात्र होइन, नयाँ नयाँ रंगले पनि प्रयोगकर्तालाई आकर्षित गर्ने गर्छ । यही कुरालाई मध्यनजर गर्दै एप्पलले गत वर्ष सार्वजनिक गरेको आईफोन १३ सिरिजको स्मार्टफोनहरू नयाँ रंगहरूमा पनि सार्वजनिक गरेको छ । एप्पलले आईफोन १३ प्रो र प्रो म्याक्स अल्पाइन ग्रिन कलरमा सार्वजनिक गरेको छ भने आईफोन मिनी र आईफोन १३ लिफी ग्रिन कलरमा उपलब्ध गराएको छ । नयाँ सार्वजनिक भएका फोनमा रंग बाहेक अन्य कुनै फिचरहरू भने परिवर्तन गरिएको छैन । योसँगै अब आईफोन १३ प्रो र प्रो म्याक्स पाँचवटा रंगमा उपलब्ध हुनेछ भने आईफोन १३ र आईफोन मिनी छ वटा रंगमा उपलब्ध हुनेछ । आईफोन १३ को नयाँ रंगले सामाजिक सञ्जालमा भने सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

चर्चामा काजलको ‘बेबी बम्प’ लुक्स (फोटोफिचर)

Image
  अभिनेत्री काजल अग्रवाल छिट्टै आमा बन्दैछिन् । उनी आफ्नो गर्भावस्थाको समयाम निकै रमाइलो गरिरहेकी छन् । गर्भावस्थामा रमाइलो गरेको विभिन्न तस्बिर उनले सामाजिक संजालमा गर्भाअवस्थाका तस्विरहरू शेयर गर्दै आएकी छन् । काजलले गत ३० अक्टुबर २०२० मा गौतम किचलुसँग विवाह गरेकी हुन् । सन् २०२२ मा उनी पहिलो सन्तानको आमा बन्दैछिन् । उनले शेयर गरेको तस्बिर समेत निकै रूचाइएको थियो । अहिले काजलले केही तस्बिर सामाजिक संजालमार्फत बाहिर ल्याएकी छन् । तस्बिरमा काजल रातो स्लिक साडीमा देखिएकी छन् । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ । लाइट मेकअप र खुल्ला कपालका साथ उनले आफ्नो लुक्स पुरा गरेकी छन् । यो लुक्समा काजल निकै राम्रो देखिएकी छन् । तस्बिरमा उनको ‘बेबी बम्प’ स्पष्टरुपमा देखिएको छ । साउथ चलचित्रमा सफल नायिकाको पहिचान बनाएकी काजलले बलिउड चलचित्र ‘सिंघम’मा काम गरेपछि चर्चा पाएकी थिइन् । उनी गएको १६ वर्षदेखि फिल्म अभिनयमा सक्रिय छिन् । ‘क्यों हो गया ना’ बाट अभिनय करिअर सुरु गरेकी उनले साउथसँगै बलिउड फिल्ममा पनि राम्रो पहिचान बनाएकी छन् । १९ जून १९८५ मा जन्मिएकी उनले साउथका अधि...

कांग्रेस अधिवेशन ७७ वटै जिल्लामा सम्पन्न, तुलनात्मक रुपमा कुन पक्ष बलियो ? (सूचीसहित)

Image
  खबरमुकाम ।  नेपाली कांग्रेसको ७७ वटै जिल्लाmअधिवेशन सम्पन्न भएको छ । आइतबार सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै सबै जिल्लाको अधिवेशन समापन भएको हो ।  विभिन्न आन्तरिक विवादका कारण १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन पछि गरिएको हो । अधिवेशनमा विजयी जिल्ला सभापतिको आधारमा संस्थापन पक्ष बलियो देखिएको छ ।  निर्वाचित भएको सभापतिहरुमध्ये संस्थापन पक्षमा ४२ जना खुलेको बताइएको छ । त्यसैगरी संस्थापनइत्तर पक्ष (शेखर कोइराला पक्ष) मा ३३ जना जिल्ला सभापति खुलेका छन् । २ जना जिल्ला सभापति भने पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्ष खुलेका छन् ।  पार्टीको १३ औं महाधिवेशनमा भन्दा संस्थापन पक्ष अहिले तुलनात्मक रुपमा बलियो देखिएको छ । तत्कालीन समयमा ४२ जिल्ला सभापति नेता रामचन्द्र पौडेलको पक्षमा उभिएका थिए । संस्थापन पक्षबाट विजयी भएका जिल्ला सभापतिहरु  पाँचथर– रूपनारायण जवेगु ताप्लेजुङ– गजेन्द्रप्रसाद तुम्याहाङ ओखलढुंगा– तेजेन्द्र खनाल लमजुङ– टकराज गुरूङ सल्यान– केशवबहादुर विष्ट डोल्पा– दीपेन्द्रबहादुर शाही डडेल्धुरा– ...