उदाहरणीय काम पनि गरेका छन् स्थानीय तहले
उदाहरणीय काम पनि गरेका छन् स्थानीय तहले खोलो तर्दा नागरिकबाट कर उठाउने मात्र छैनन्, सुशासन कायम गर्दै नागरिकलाई सुलभ सेवा दिइरहेका स्थानीय तह पनि छन् पहिलो कार्यकालको उत्तराद्र्धतिर आइपुग्दासम्म धेरै स्थानीय सरकार आलोचित भएका छन् । नेतृत्वमा रहेका जनप्रतिनिधि भ्रष्टाचारसहितका विभिन्न काण्डमा मुछिएका छन् । तर, केही स्थानीय तहले उत्कृष्ट काम पनि गरेका छन् । केही थिति बसाउन प्रयासरत छन् ।केही स्थानीय तहले शिक्षामा अनुकरणीय काम गरेका छन् भने केहीले पर्यटनमा । सामाजिक सुधार र सुरक्षामा अब्बल साबित भएका तहदेखि कृषिमा कायापलट गर्ने पनि छन् । भौतिक पूर्वाधार र विकास निर्माण, स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनेदेखि प्रविधिको प्रयोग गरेर जनतालाई सुलभ सेवा दिनेसम्मका काममा केही स्थानीय तहहरूले आफुलाई अग्रपंक्तिमा उभ्याएका छन् । २९३ महानगर, उपमहानगर र नगरपालिकामध्ये नगरपालिका संघले छानेका उत्कृष्ट सात संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका सहरी योजना, पूर्वाधार विकास तथा विपत् व्यवस्थापनतर्फ धादिङको नी...
Comments
Post a Comment